Logo

 ८ जेठ,काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूसँग एक्लै छलफल सुरु गरेका छन्।

पार्टीभित्रको संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीति तय गर्ने उद्देश्यसहित लामिछानेले सांसदहरूसँग प्रदेशगत रूपमा छलफल थालेका हुन्।

पार्टी प्रवक्ता मनिष झाका अनुसार सांसदहरूबाट प्राप्त सुझावका आधारमा छलफललाई क्रमशः अघि बढाइनेछ। यस क्रममा शुक्रबार कोशी र मधेश प्रदेशका सांसदहरूसँग अलग–अलग भेटघाट तथा छलफल भएको छ।

कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि १ बजेसम्म छलफल सम्पन्न भएको छ भने मधेश प्रदेशका सांसदहरूसँग दिउँसो साढे १ बजेदेखि साढे ३ बजेसम्म छलफल भइरहेको जनाइएको छ।

रास्वपाले पार्टीका सबै सांसदसँग प्रत्यक्ष संवाद गर्दै सुझाव संकलन गर्ने र त्यसकै आधारमा आगामी कार्यक्रम तथा रणनीति तय गर्ने जनाएको छ।


सम्बन्धित समाचार