Logo

 ८ जेठ,काठमाडौं । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकारसँग स्पष्ट र ठोस कार्ययोजना अघि बढाउन माग गरेका छन्।

बैठकमा सांसदहरूले हाल देखिएको व्यवस्थापन र पुनःस्थापनासम्बन्धी चुनौतीप्रति सरकारको ध्यानाकर्षण गराउँदै प्रभावित नागरिकका अधिकार र मानव मर्यादा सुनिश्चित गर्न आग्रह गरे।

सांसद मनरुपा शर्माले काठमाडौँका नदीकिनारबाट हटाइएका सुकुम्वासीका बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई राखिएको स्थानमा प्रभावकारी मनोपरामर्श सेवा उपलब्ध गराउन सरकारसँग माग गरिन्।

त्यसैगरी सांसद रेणु चन्दले सुकुम्वासीको मानवअधिकार तथा मौलिक अधिकारको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउँदै अस्थायी होल्डिङ सेन्टरहरूमा शुद्ध खानेपानी र आधारभूत सुविधाको सुनिश्चितता गर्न आग्रह गरिन्।

सांसदहरूले सुकुम्वासी व्यवस्थापनलाई केवल स्थानान्तरणमा सीमित नराखी सम्मानजनक पुनःस्थापना र दीर्घकालीन समाधानतर्फ अघि बढाउन सरकारको भूमिका निर्णायक हुने बताएका छन्।


सम्बन्धित समाचार