९ जेठ,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक भक्तपुरको गुन्डुमा सुरु भएको छ। बैठकमा शुक्रबार बोल्न बाँकी रहेका पदाधिकारीहरूले आज आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।
हिजो उपाध्यक्षहरूले धारणा प्रस्तुत गरिसकेकाले आज महासचिव, उपमहासचिव तथा सचिवहरूले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी रणनीतिबारे आफ्नो भनाइ राख्नेछन्।
पदाधिकारीहरूको धारणा सकिएपछि बैठक कार्यविभाजन, निर्वाचन परिणाम समीक्षा गर्न कार्यदल गठन तथा अन्य संगठनात्मक एजेन्डामा प्रवेश गर्ने बताइएको छ।
बैठकलाई पार्टीको आन्तरिक समीक्षा, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।


















