Logo

९ जेठ,काठमाडौं ।  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समिति ले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठनपाठन तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले यस सम्बन्धमा भएको प्रगतिबारे एक साताभित्र जानकारी गराउन पनि सरकारलाई भनेको छ।

समिति सभापति हरि ढकाल ले हस्ताक्षर गरेको पत्रमा होल्डिङ सेन्टरमा रहेका दीर्घरोगीहरूको यथार्थ पहिचान गरी नियमित उपचारको सुनिश्चितता गर्न र त्यसको प्रगति समितिलाई जानकारी गराउन निर्देशन दिइएको उल्लेख छ।

त्यस्तै, विभिन्न रोजगारीमा संलग्न सुकुम्बासीहरूलाई काममा निरन्तरता दिन सहज हुने गरी पायक पर्ने होल्डिङ सेन्टरमा बसोबासको व्यवस्था मिलाउन पनि समितिले सरकारलाई आग्रह गरेको छ।

समितिले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न संघ, प्रदेश र स्थानीय तहका सरकारलाई निर्देशन दिएको छ। साथै विपद्का बेला खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरूको बिमाको व्यवस्था गर्न सम्बन्धित सरकारी निकायलाई आग्रह गरिएको छ।


सम्बन्धित समाचार