९ जेठ,वीरगञ्ज । कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके ले पार्टीको वेबसाइट सरकारले बन्द गरिदिएको दाबी गरेका छन्।
शनिबार आफ्नो एक्स ह्यान्डलमार्फत प्रतिक्रिया दिँदै दीपकेले सरकारमाथि सीजेपीको लोकप्रिय वेबसाइट बन्द गरेको आरोप लगाएका हुन्।
उनले लेखेका छन्, “सरकारले हाम्रो लोकप्रिय वेबसाइट बन्द गरिदिएको छ।” साथै, वेबसाइटमार्फत १० लाखभन्दा बढी ‘कक्रोच सदस्य’ आबद्ध भएको र ६ लाख कक्रोचले धर्मेन्द्र प्रधान को राजीनामा माग गर्दै निवेदनमा हस्ताक्षर गरेको दाबी पनि गरेका छन्।
दीपकेले सरकार कक्रोच आन्दोलनसँग डराएको आरोप लगाउँदै यसलाई “तानाशाही रवैया” को संज्ञा दिएका छन्। उनले युवाहरू आफ्नो भविष्यका लागि आवाज उठाइरहेको उल्लेख गर्दै आन्दोलनलाई दबाउन नसकिने बताएका छन्।
उनले अगाडि लेखेका छन्, “हामी अहिले एउटा नयाँ घर बनाइरहेका छौँ। कक्रोच कहिल्यै मर्दैनन्।”
यसअघि पनि दीपकेले सीजेपीको इन्स्टाग्राम पेज ह्याक भएको तथा एक्स अकाउन्टमाथि रोक लगाइएको दाबी गरेका थिए।


















