Logo

 १० जेठ,काठमाडौं ।  छोरा भेट्न अस्ट्रेलिया पुगेकी एक नेपाली महिलाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमै अचानक निधन भएको छ।

अस्ट्रेलियन समयअनुसार शुक्रबार बिहान विमान अवतरणपछि सिड्नी विमानस्थलमा प्रवेश गर्ने क्रममा ५५ वर्षीया ठूली कान्छी तामाङ बेहोस भई ढलेकी थिइन्। विमानस्थलमा उपस्थित मेडिकल टोलीले तत्काल सीपीआरसहित प्राथमिक उपचार प्रयास गरे पनि उनको ज्यान जोगाउन नसकिएको हो।

काठमाडौंको सुकेधारा निवासी तामाङ आफ्ना श्रीमानसँगै न्यू साउथ वेल्स राज्यअन्तर्गत वागा वागामा बस्दै आएका छोरा राजु तामाङलाई भेट्न अस्ट्रेलिया पुगेकी थिइन्।

घटनापछि विमानस्थल प्रशासनले उनका छोरा राजुलाई जानकारी गराएको थियो।

शव नेपाल पठाउनका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियालगायतको सहयोगमा गोफन्डमीमार्फत आर्थिक संकलन अभियान सञ्चालन गरिएको थियो। १५ हजार अस्ट्रेलियन डलर लक्ष्य राखिएकोमा ४४४ जनाबाट १६ हजार २५१ डलर संकलन भएको छ।

आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि शवलाई नेपाल पठाउने तयारी भइरहेको छ।


सम्बन्धित समाचार