Logo

१० जेठ,वीरगञ्ज ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) र ड्राइपोर्टको स्थलगत निरीक्षण गरेकी छन्।

निरीक्षणका क्रममा मन्त्री यादवले आयात–निर्यात प्रणाली, भन्सार जाँच प्रक्रिया तथा पूर्वाधार व्यवस्थापनका विषयमा सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरेकी थिइन्।

छलफलमा सवारीसाधन जाँचलाई थप प्रभावकारी बनाउन एक्स–रे प्रणाली आवश्यक रहेको विषयमा ध्यानाकर्षण गराइएको थियो। साथै भन्सार प्रक्रियालाई छिटो, पारदर्शी तथा प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिइएको थियो।

अवलोकनपछि मन्त्री यादवले आईसीपी र ड्राइपोर्टबाट हुने सेवा प्रवाहलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक पहल गरिने आश्वासन दिइन्।


सम्बन्धित समाचार