१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई अन्तिम रूप दिने तयारी गरेको छ ।
सोही प्रयोजनका लागि आज दिउँसो २ः३० बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार, बैठकले आगामी आवको बजेट वक्तव्यलाई औपचारिक रूपमा स्वीकृत गर्नेछ ।
मन्त्रिपरिषद्बाट बजेट स्वीकृत भएलगत्तै, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आजै साँझ ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । संविधानको व्यवस्थाअनुसार आजै जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले अर्थ मन्त्रालयले सबै आवश्यक तयारी पूरा गरिसकेको छ।


















