Logo

८ साउन,वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरणको वीरगन्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा आज (साउन ८ गते) करिब ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ।

वितरण केन्द्रका अनुसार बहुअरी हनुमान मन्दिर–१०० फिट्टा बाइपास नजिकको बस्तीमा देखिएको कम भोल्टेज (लो भोल्टेज) समस्या समाधान गर्न नयाँ ट्रान्सफर्मर जडान गरिने भएकाले दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् सेवा बन्द रहनेछ।

यस अवधिमा वीरगन्ज सबस्टेशनबाट प्रसारण हुने राधेमाई ११ केभी फिडरअन्तर्गत पर्ने बोलबम पेट्रोल पम्प, रेनुका पेट्रोल पम्प, पिप्रा बाइपास, लिंक रोड, नरसिंह स्कुल, प्रतिमा चौक तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार ट्रान्सफर्मर जडानको काम निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् सेवा तत्काल पुनः सञ्चालन गरिनेछ।

विद्युत् अवरोधका कारण सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै प्राधिकरणले आवश्यक सावधानी अपनाउन सम्बन्धित क्षेत्रका उपभोक्तालाई आग्रह गरेको छ।


सम्बन्धित समाचार