Logo

१५ जेठ, काडमाडौं । विस्थापित भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले उचित व्यवस्थापनको माग गर्दै काठमाडौंमा सडक प्रदर्शन गरेका छन् ।

‘संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपाल; को अगुवाइमा शुक्रबार माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेको थियो । सरकारले विकल्प नदिई बलपूर्वक सुकुम्वासी बस्तीमा डोजर चलाएर आतंक सिर्जना गरेको भन्दै पीडितहरूले तीव्र आक्रोश व्यक्त गरेका छन् ।

प्रदर्शनमा सुकुम्वासीहरूका साथै अधिकारकर्मी, नागरिक समाजका अगुवा, बुद्धिजीवी र जेनजी युवाहरूले समेत ऐक्यबद्धता जनाएका छन् । दर्शनकारीहरूले हातमा सिटी बोकेर सरकारलाई खबरदारी गरेका थिए ।

राज्यले आफूहरूको आवाज नसुनेका कारण सिटी बजाएर विरोध गर्नुपरेको बताउँदै उनीहरूले तत्काल डोजर आतंक बन्द गर्न र विस्थापितहरूको सम्मानजनक पुनःस्थापना गर्न सरकारसँग माग गरेका छन् । गणतन्त्र दिवसकै दिनमा भएको यो प्रदर्शनले सुकुम्वासी व्यवस्थापनको मुद्दालाई फेरि एकपटक पेचिलो बनाइदिएको छ ।


सम्बन्धित समाचार
भर्खरै