Logo

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि तयार पारिएको वार्षिक बजेटलाई औपचारिक रूपमा स्वीकृत गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने मुख्य दस्ताबेजका रूपमा रहेको बजेट पारित गरेको हो । बैठकको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्ले बजेटलाई पूर्णता दिएको पुष्टि गरेका छन् ।

मन्त्रिपरिषद्बाट बजेट स्वीकृत भएसँगै अब यसलाई संघीय संसद्को संयुक्त बैठकमा पेस गर्ने बाटो खुलेको छ । सोही निर्णयका आधारमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आजै ४ बजे संघीय संसद्को रोस्ट्रममा उभिएर देशको आगामी आर्थिक खाका प्रस्तुत गर्नेछन् ।

संवैधानिक व्यवस्थाबमोजिम हरेक वर्ष जेठ १५ गते नै बजेट ल्याउनुपर्ने भएकाले सरकारले तीव्र तयारीका साथ बजेट पेस गर्ने प्रक्रिया अघि बढाएको हो ।


सम्बन्धित समाचार
भर्खरै