Logo

१५ जेठ, काठमाडौं । सरकारले आयकरको सीमामा हेरफेर गर्दै करदातालाई ठूलो राहत प्रदान गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयकर छुटको सीमा बढाउने घोषणा गरेका हुन् । यसअघि ५ लाख रुपैयाँसम्मको आम्दानीमा लाग्दै आएको न्यूनतम १ प्रतिशत आयकरको सीमालाई अब बढाएर १० लाख रुपैयाँ पुर्‍याइएको छ ।

बजेटमार्फत गरिएको यो व्यवस्थाले विशेष गरी मध्यम र न्यून आय भएका वर्गलाई प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ । सरकारले करको दायरालाई फराकिलो बनाउँदै नागरिकको हातमा रहने खर्चयोग्य आय बढाउने उद्देश्यले आयकरको स्ल्याबमा यो परिवर्तन गरेको हो ।

अर्थमन्त्री वाग्लेको यो घोषणासँगै अब १० लाख रुपैयाँसम्मको वार्षिक आम्दानी गर्ने करदाताले १ प्रतिशत मात्रै कर तिरे पुग्ने भएको छ ।


सम्बन्धित समाचार
भर्खरै