Logo

२८ जेठ,काठमाडौं । स्रोत नखुलेको ठूलो रकमसहित काठमाडौंको न्युरोड क्षेत्रबाट एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा स्वरुपराज दवाडी रहेका छन्। उनलाई प्रहरीले शंकास्पद रूपमा साथमा राखिएको नगदसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार दवाडीबाट स्रोत नखुलेको ४० लाख रुपैयाँ नगद बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त रकम हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ।

प्रहरीले बरामद रकमको स्रोत, प्रयोग र सम्भावित नेटवर्कबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यस घटनासँग सम्बन्धित थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीको भनाइ छ।


सम्बन्धित समाचार