Logo

२८ जेठ,काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका ३५ वटा वेबसाइट तथा मोबाइल एप बन्द गर्न देशभरका मोबाइल र इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।

प्राधिकरणले बिहीबार सेवा प्रदायकहरूलाई पत्राचार गर्दै विश्वकपका खेलहरू नेपालभित्र अनधिकृत रूपमा निःशुल्क स्ट्रिमिङ हुन नदिने व्यवस्था मिलाउन आग्रह गरेको हो। यसअघि सूचना तथा सञ्चार मन्त्रालयले पनि अनधिकृत वेबसाइट तथा एपहरू बन्द गराउन प्राधिकरणलाई पत्राचार गरेको थियो।

प्राधिकरणका अनुसार फिफा विश्वकप २०२६ को नेपालभित्रको विशेष तथा आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको हिमालय स्पोर्ट्स र डिसहोम डिजिटल प्रालि अन्तर्गतको डिगो जेभीएचटिभी–डिजिओ ब्रोडकास्टिङ कन्सोर्टियम जेभीले प्राप्त गरेका छन्।

प्राधिकरणले जारी गरेको पत्रमा उल्लेख भएअनुसार केही पाइरेटेड वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालमा अनधिकृत रूपमा निःशुल्क स्ट्रिमिङ गर्ने तयारी गरिरहेको जानकारी मन्त्रालयबाट प्राप्त भएपछि ती प्लेटफर्महरूमा खेल प्रसारण रोक्न आवश्यक कदम चालिएको हो।

यसअघि सन् २०२२ को विश्वकपका बेला पनि अनधिकृत प्रसारणका कारण दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूको ब्यान्डविथ खपत उल्लेखनीय रूपमा बढेको थियो। त्यसबाट सेवा प्रदायकहरूले अतिरिक्त ब्यान्डविथ शुल्क तिर्नुपरेको बताइएको छ।

विश्वकप प्रसारण अधिकारका लागि करोडौं रुपैयाँ लगानी गरेका हिमालय स्पोर्ट्स र डिगोले पनि पाइरेसी नियन्त्रण गर्न सरकारसँग निरन्तर आग्रह गर्दै आएका थिए। यस विषयमा सूचना तथा सञ्चार मन्त्रालयले सेवा प्रदायकहरूसँग छलफलसमेत गरेको थियो।

प्राधिकरणको निर्देशनसँगै अनधिकृत वेबसाइट तथा एपहरू बन्द हुने प्रक्रिया सुरु भइसकेको बताइएको छ। सम्बन्धित निकायहरूले विश्वकप प्रसारणलाई कानुनी दायराभित्र राख्न र बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्न थप निगरानी बढाउने जनाएका छन्।

प्राधिकरणले प्रतिबन्ध लगाउन निर्देशन दिएका यी हुन् ३५ वेबसाइट र एप
१. tv.getemoji.online
२. kick.com
३. freeplyrr
४. bhandari-suraj.com
५. sportzfy
६ sportzfypkdownload
७. sportzfytvapp
८. sportzfytvbd.
९. sportzfy.link
१०. sportzfyapp.cc
११. cricfytv.to
१२. cricfytvap
१३. cricfytv.org
१४. cricfytv.net
१५. cricfytv.com
१६. cricfytv.pro
१७ cricty.net
१८ newsecrettips
१९. novasoccer.net
२०. nepsportshub
२१. crichd.com
२२. smarteric.com
२३. webcric.eu
२४ soccertvhd.com
२५. https://www.yosin-tv.net/
२६. streamseast.top
२७. genzaitv.com
२८. fbstream.me
२९ streamed.su
३०. Streameast
३१. ronaldo7.net
३२. Istreameast.app
३३. damity pro
३४ soccertvhd.com
३५. sportzworkzlive


सम्बन्धित समाचार