Logo

२६ असार, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ ।

वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरको सहायतामा सघन उपचाररत नेपालीको आज बिहान ११स्२० बजे निधन भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिएका छन् । शरीरको ६० प्रतिशतभन्दा बढी भाग जलेको र श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि चिकित्सकहरूको २१ सदस्यीय टोली उनको जीवन बचाउन निरन्तर संघर्षरत थियो ।

अस्पतालले उनको स्वास्थ्य अवस्था निरन्तर अस्थिर रहेको बताउँदै आएको थियो । यो दुःखद घटनासँगै महानगर प्रहरीको भूमिका र पार्किङ व्यवस्थापनमा देखिएको विवादबारे थप छानबिन र चासोको विषय बनेको छ ।


सम्बन्धित समाचार
भर्खरै