२७ असार, काठमाडौँ । प्रतिनिधि सभाको बैठक असार ३० गतेसम्मका लागि स्थगित भएको छ।
सभामुख डोलप्रसाद अर्यालले बैठक असार ३० गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेका हुन् ।
शुक्रबार सिंहदरबारस्थित संसद् भवनमा बसेको बैठकमा विभिन्न निकायका वार्षिक प्रतिवेदन पेस भएका थिए।
त्यस्तै आजको बैठकले राष्ट्रिय सेवा दल विधेयक २०८३ विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।


















