३० असार, काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा आएको बाढीले बगाएको स्कुटर फेला परेको छ।
बाढीमा बेपत्ता भएको बा.प्रदेश–०२–०३२ प ८०५४ नम्बरको स्कुटर घटनास्थलबाट करिब १ सय मिटर तल फेला परेको हो।सोमबार दिउँसो करिब ३ बजे अचानक आएको बाढीले स्कुटरसहित चालकलाई बगाएको थियो।
तर स्कुटी चालक अझै बेपत्ता छन्। उनको खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ। नदीको बहाव, बाढीले बगाएर ल्याएको लेदो तथा ढुंगाका कारण खोजी अभियानमा कठिनाइ भएको छ ।
सुरक्षाकर्मीले सम्भावित क्षेत्रमा चालकको निरन्तर खोजी गरिरहेका छन्।



















