Logo

५ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकका कार्यकारी प्रमुखदेखि हरेक मन्त्रीहरू जनताका साथै राजनीतिक दल र नेतृत्वप्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन् ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनको योजनालाई प्रभावकारी बनाउने सन्दर्भमा मन्त्रालयमा आयोजित उच्चस्तरीय सचिवहरूसँगको छलफलका क्रममा उनले जिम्मेवारी र उत्तरदायित्वको बोध गराएका हुन् ।

मंगलबार मन्त्रालयमा सबै मन्त्रालयका सचिवहरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले शासन सञ्चालन गर्दा र नीति कार्यान्वयनमा जुट्दा जवाफदेहिता सबैभन्दा महत्त्वपूर्ण पक्ष भएको बताए । प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्मले आफ्नो कार्यसम्पादनमा नेपाली जनता, लोकतान्त्रिक राजनीतिक दल र सम्बद्ध नेतृत्वप्रति सधैँ उत्तरदायी हुनुपर्ने उनको स्पष्ट भनाइ थियो ।

जिम्मेवारीमा रहेका पदाधिकारीहरूले जनता र दलप्रतिको उत्तरदायित्वलाई केन्द्रबिन्दुमा राखेर काम गरेमा मात्रै बजेटको लक्ष्य हासिल हुन सक्ने मन्त्री वाग्लेको तर्क छ ।


सम्बन्धित समाचार