Logo

 १ जेठ,काठमाडौं ।  आर्थिक वर्ष २०८१/८२ मा बेरुजु व्यवस्थापन तथा फर्स्यौटको मामिलामा बागमती प्रदेश सबैभन्दा उत्कृष्ट देखिएको छ भने मधेस प्रदेश सबैभन्दा कमजोर प्रदेशका रूपमा देखिएको छ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार समीक्षा अवधिमा बागमती प्रदेश सरकारअन्तर्गतका सरकारी कार्यालय, अन्य संस्था तथा समितिहरूमा सबैभन्दा कम बेरुजु कायम भएको हो।

प्रतिवेदन अनुसार बागमती प्रदेशमा शून्य दशमलव ८३ प्रतिशत मात्र बेरुजु देखिएको छ। यसको विपरीत मधेस प्रदेश सरकार मातहतका निकायहरूमा ३ दशमलव ७७ प्रतिशत बेरुजु देखिएको छ, जुन देशकै उच्च हो।

महालेखाको तथ्याङ्कअनुसार कोशी प्रदेशमा १ दशमलव १२ प्रतिशत, लुम्बिनी प्रदेशमा १ दशमलव २७ प्रतिशत तथा गण्डकी प्रदेशमा १ दशमलव ४४ प्रतिशत बेरुजु रहेको छ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा १ दशमलव ५३ प्रतिशत तथा कर्णाली प्रदेशमा २ दशमलव ०८ प्रतिशत बेरुजु कायम भएको प्रतिवेदनमा उल्लेख छ।

महालेखाको प्रतिवेदनले बागमती प्रदेशले वित्तीय अनुशासन र पारदर्शितामा सुधार गर्दै उत्कृष्टता हासिल गरेको देखाएको छ भने मधेस र कर्णाली प्रदेश अझै पनि बेरुजु नियन्त्रण तथा आर्थिक सुशासनको मामिलामा पछाडि रहेको संकेत गरेको छ।


सम्बन्धित समाचार
भर्खरै