Logo

२ जेठ,काठमाडौं । नेकपा एमाले को आजका लागि तय गरिएको सचिवालय बैठक स्थगित भएको छ।

पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारी ले आजका लागि बोलाइएको बैठक अब आगामी सोमबार गुण्डुमा बस्ने जानकारी दिएका छन्।

उक्त बैठकमा गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा तथा पार्टीभित्रको कार्यविभाजनबारे छलफल गर्ने कार्यसूची तय गरिएको थियो।

तर, मदन–आश्रित स्मृति दिवस को तयारीका कारण बैठक स्थगित गर्नुपरेको बताइएको छ। उक्त स्मृति दिवस भोलि मनाइँदैछ।


सम्बन्धित समाचार