Logo

२ जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको “क्षयरोगमुक्त वीरगञ्ज अभियान” अन्तर्गत वडा नं. २५ स्थित सिर्सिया स्वास्थ्य चौकीमा क्षयरोगी खोजी तथा परीक्षण शिविर सम्पन्न भएको छ।

शिविरमा एआई प्रविधियुक्त एक्सरेमार्फत करिब २०० जनाको स्वास्थ्य परीक्षण गरिएको महानगरले जनाएको छ। परीक्षणका क्रममा ५० जना व्यक्तिमा क्षयरोगको सम्भावित लक्षण देखिएको भन्दै उनीहरूको थप पुष्टि गर्न खकार परीक्षणका लागि पठाइएको छ।

महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजु साहका अनुसार समुदायस्तरमै पुगेर क्षयरोगको पहिचान, परीक्षण र उपचारलाई प्रभावकारी बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

प्रारम्भिक चरणमै रोग पहिचान गरी उपचार सुरु गर्न सके क्षयरोग नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास महानगरले व्यक्त गरेको छ।


सम्बन्धित समाचार
भर्खरै