Logo

१७ वैशाख, वीरगञ्ज । देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

आज बिहान देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी भू–भागहरूमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ ।

त्यस्तै, पहाडी भू–भागका र तराईका केही स्थानहरुमा मेघगर्जन–चट्याङ्गसहित हल्का–क्षणिक वर्षाको सम्भावना रहेको छ । आजराति भने देशभर आंशिकदेखि सामान्य बदली हुने छ ।

 


सम्बन्धित समाचार