Logo

१७ वैशाख, वीरगञ्ज । सिन्धुली वीपी राजमार्ग स्थित पिपलभन्ज्याङमा आइतबार बिहान कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ८ च ९१३५ नम्बरको कार पिपल भन्ज्याङ स्थित घुम्ति सडकमा दुर्घटना भएको हो । मृत्यु हुनेमा सिन्धुली मरिणका सहारा प्रसाई र झापा चारपानीका कुमार पुरी रहेका छन् ।

घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार