Logo

६ जेठ,वीरगञ्ज ।  नेपाली कांग्रेसका सभापति नेपाली कांग्रेस का नेता गगन थापा आज जनकपुरधाम जाने भएका छन्। मधेश प्रदेश कांग्रेस संसदीय दलभित्र देखिएको विवाद समाधान गर्न उनी नेताहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको छ।

आगामी शुक्रवार मुख्यमन्त्री कृष्ण यादव ले प्रदेश सभामा विश्वासको मत लिने तयारी गरिरहँदा कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि र फ्लोर क्रसको सम्भावनाले राजनीतिक दबाब बढाएको छ।

गत ४ गते विश्वासको मत लिन बोलाइएको बैठकमा देखिएको असहमतिका कारण मुख्यमन्त्री यादवले बैठक ८ गतेका लागि सारेका थिए। तर पार्टीभित्रको विवाद अझै समाधान हुन सकेको छैन।

स्रोतका अनुसार गगन थापा निकट समूह र केही असन्तुष्ट नेताहरू मुख्यमन्त्री यादवको विपक्षमा देखिएका छन्। तर संस्थापन पक्ष भने सरकार जोगाउने रणनीतिमा रहेको बताइएको छ।

त्यस्तै सत्ता साझेदार दलहरूको भूमिका पनि निर्णायक देखिएको छ। सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपाल लगायतका दलहरूको निर्णयले पनि विश्वासको मतको परिणाम प्रभावित हुने देखिन्छ।

यता अर्को सत्ता साझेदार दल जनमत पार्टी ले समर्थन फिर्ता लिएपछि सरकार थप दबाबमा परेको छ। केही मन्त्रीहरू अझै सरकारमै रहँदा राजनीतिक असमझदारी कायम रहेको बताइएको छ।

प्रदेश सभामा हाल सत्ता पक्षसँग करिब ६२ सिट रहेको बताइए पनि फ्लोर क्रस र दलगत असन्तुलनका कारण गणित अनिश्चित बनेको छ।

पार्टीभित्रको विवाद समाधान गर्न गगन थापाको प्रयासलाई निर्णायक मानिएको छ भने मुख्यमन्त्री यादवले विश्वासको मत सुरक्षित गर्ने विश्वास व्यक्त गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै