Logo

६ जेठ,वीरगञ्ज ।  रौतहटको चन्द्रपुर नगरपालिकाले सरकारले दिँदै आएको दुई दिने बिदा व्यवस्था नमान्ने निर्णय गरेको छ। नगरपालिकाले विद्यालय तथा सरकारी कार्यालयको बिदा कटौती गर्दै नियमित सञ्चालन गर्ने सूचना जारी गरेको हो।

नगर कार्यपालिकाको निर्णयअनुसार सामुदायिक तथा संस्थागत विद्यालयहरू अब आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा सञ्चालन हुनेछन्। यसअघि कायम रहेको अतिरिक्त बिदा हटाइएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले जारी गरेको सूचना अनुसार नगरपालिका कार्यालय, मातहतका स्वास्थ्य संस्था, पशु सेवा तथा कृषि शाखा, वडा कार्यालय तथा अस्पतालहरू पनि नयाँ समयअनुसार सञ्चालन हुनेछन्।

नयाँ व्यवस्था अनुसार कार्यालयहरू आइतबारदेखि बिहीबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्नेछन्।

नगर प्रमुख सञ्जयकुमार काफ्लेद्वारा जारी सूचनाअनुसार उक्त निर्णय आगामी जेठ १० गते आइतबारदेखि लागू हुनेछ।


सम्बन्धित समाचार
भर्खरै