Logo

 ६ जेठ,काठमाडौं । नेपाली कांग्रेस को १५ औँ केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै सभापति शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्ताले काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेका छन् ।

देउवा पक्षले वैशाख महिनादेखि सञ्चालनमा ल्याएको उक्त कार्यालय विभिन्न जिल्लाबाट आउने नेता–कार्यकर्तासँग भेटघाट, छलफल तथा बैठक आयोजना गर्ने उद्देश्यले खोलिएको बताइएको छ ।

कांग्रेस महासमिति सदस्य मनोहरी श्रेष्ठ का अनुसार विभिन्न जिल्लाबाट काठमाडौं आउने साथीभाइलाई भेटघाट तथा समन्वय गर्न सहज होस् भन्ने उद्देश्यले सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

“विभिन्न जिल्लाबाट साथीहरू आएका हुन्छन्, कहाँ भेट्ने, कहाँ जाने भन्ने समस्या हुन्छ,” श्रेष्ठले भने, “त्यसैले हामीले यो सम्पर्क कार्यालय खोलेका हौँ ।”

नेपाली कांग्रेसभित्र आगामी महाधिवेशनलाई लक्षित गर्दै विभिन्न समूहले आन्तरिक तयारीलाई तीव्र बनाइरहेका बेला देउवा पक्षले छुट्टै सम्पर्क कार्यालय स्थापना गरेको हो ।


सम्बन्धित समाचार