Logo

७ जेठ,काठमाडौं । हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेड (एचपीसीएल) ले भारतमा तेल र ग्यास अभाव भएको भन्ने समाचारहरू भ्रामक रहेको जनाएको छ।

कम्पनीले देशभर रहेका आफ्ना खुद्रा बिक्री केन्द्रहरूमा इन्धन आपूर्ति नियमित र निर्बाध रूपमा भइरहेको स्पष्ट पारेको छ। एचपीसीएलले आफ्नो सञ्चालन सामान्य अवस्थामा रहेको तथा आपूर्तिमा कुनै अवरोध नरहेको जनाएको हो।

हालै इरानसँग सम्बन्धित क्षेत्रीय तनावका कारण भारतमा तेल तथा ग्यासको आपूर्तिमा समस्या उत्पन्न भएको र विभिन्न स्थानमा अभाव देखिएको समाचार सार्वजनिक भएका थिए। तर एचपीसीएलले त्यस्ता दाबीलाई अस्वीकार गर्दै वास्तविक अवस्था सामान्य रहेको बताएको छ।

कम्पनीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत जारी सन्देशमा “इन्धन अभाव र आपूर्ति अवरुद्ध भएको भन्ने रिपोर्टहरू भ्रामक हुन्” भन्दै आफ्ना रिटेल आउटलेटहरूमा नियमित रूपमा इन्धन पुनः आपूर्ति भइरहेको जनाएको छ।

एचपीसीएलका अनुसार केही स्थानमा ग्राहकको चाप र लामो लाइन देखिनु मे महिनामा हुने मौसमी माग वृद्धि तथा केही निजी रिटेल आउटलेटमा तुलनात्मक रूपमा महँगो मूल्यमा इन्धन बिक्री भइरहेकाले भएको हो।


सम्बन्धित समाचार
भर्खरै