Logo

७ जेठ,काठमाडौं ।  भारतका प्रधानन्यायाधीश सूर्यकान्तको भनिएको ‘कक्रोच’ सम्बन्धी टिप्पणीपछि सामाजिक सञ्जालमा नयाँ राजनीतिक बहस सुरु भएको छ। सोही विवादलाई आधार बनाएर ‘कक्रोच जनता पार्टी’ ९ऋव्ए० नामक अनौठो राजनीतिक अभियान गठन गरिएको छ, जसले छोटो समयमै ठूलो ध्यान तान्न सफल भएको छ।

यो अभियान महाराष्ट्रका अभिजीत दीपकेले सुरु गरेका हुन्। अहिले यसको इन्स्टाग्राम ह्यान्डलमा १ करोड १७ लाखभन्दा बढी फलोअर्स पुगेका छन्, जुन संख्या लगातार बढिरहेको बताइएको छ। तुलना गर्दा भारतको सत्तारुढ भारतीय जनता पार्टी ९भाजपा०को इन्स्टाग्राममा ८७ लाख र कांग्रेसको १ करोड ३२ लाख फलोअर्स छन्।

अभिव्यक्तिबाट आन्दोलनसम्म

१५ मेमा केही मिडिया रिपोर्टहरूमा प्रधानन्यायाधीशले बेरोजगार युवाहरूलाई ‘कक्रोच’ सँग तुलना गरेको भनिएको विषय सार्वजनिक भएपछि विवाद चुलिएको थियो। यद्यपि, उनले पछि आफूले त्यसो नभनेको स्पष्ट पारेका थिए।

त्यही प्रसंगलाई आधार बनाएर सामाजिक सञ्जालमा आलोचना र समर्थनको बहस सुरु भयो र अन्ततः ‘कक्रोच जनता पार्टी’ नामक अभियान जन्मिएको हो।

‘धर्मनिरपेक्ष, समाजवादी, लोकतान्त्रिक, अल्छी’ नारा

यस अभियानको नारा “धर्मनिरपेक्ष, समाजवादी, लोकतान्त्रिक, अल्छी” रहेको छ। यसको घोषणापत्रमा न्यायपालिका, निर्वाचन प्रणाली, मिडिया स्वामित्व र राजनीतिक दलका गतिविधिबारे विभिन्न विवादास्पद र व्यंग्यात्मक प्रस्तावहरू समावेश गरिएको छ।

घोषणापत्रमा कुनै वैध मत मेटिएमा मुख्य निर्वाचन आयुक्तलाई ग्ब्एब् अन्तर्गत कारबाही गर्ने, महिलाका लागि ३३ प्रतिशत होइन ५० प्रतिशत आरक्षण लागू गर्ने तथा मन्त्रिपरिषद्मा पनि समान सहभागिता सुनिश्चित गर्ने जस्ता प्रस्ताव उल्लेख छन्।

त्यस्तै, ठूला व्यापारिक घरानासँग जोडिएका मिडियाको लाइसेन्स खारेज गर्ने र दल बदल गर्ने सांसदलाई लामो समयसम्म सार्वजनिक पद नदिनेजस्ता प्रावधान पनि समेटिएका छन्।

अभियानका संस्थापक को हुन्रु

यो अभियानका संस्थापक अभिजीत दीपके हुन्, जो हाल अमेरिकाको बोस्टन विश्वविद्यालयमा पब्लिक रिलेसन विषयमा अध्ययनरत छन्। उनले यसअघि २०२० देखि २०२३ सम्म आम आदमी पार्टी (आप) को सामाजिक सञ्जाल टोलीमा स्वयंसेवकका रूपमा काम गरिसकेका छन्।

उनका अनुसार, विवादित अभिव्यक्तिलाई लिएर सुरु भएको बहसले युवाहरूलाई एकजुट भएर नयाँ डिजिटल आन्दोलन बनाउन प्रेरित गरेको हो।

भविष्यबारे अनिश्चितता

२०२९ को चुनावमा सहभागिताबारे प्रश्न उठ्दा उनले अहिले नै कुनै निर्णय नभएको बताएका छन्। उनका अनुसार, यो अभियान अहिले प्रारम्भिक चरणमा छ र युवाहरूको प्रतिक्रिया अनुसार भविष्यको दिशा तय गरिनेछ।

उनले स्थापित राजनीतिक दलहरूको हस्तक्षेप नचाहिने युवाहरूको भावना रहेको उल्लेख गर्दै यस आन्दोलनलाई स्वतन्त्र डिजिटल प्लेटफर्मका रूपमा अघि बढाउने संकेत दिएका छन्।


सम्बन्धित समाचार
भर्खरै