Logo

७ जेठ,जनकपुरधाम । सरोज यादव जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को मधेस प्रदेश संसदीय दलको नेतामा चयन भएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समाहित भएपछि बिहीबार बसेको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत रूपमा नेता चयन गरेको हो। बारा निवासी यादव यसअघि मधेस प्रदेशका मुख्यमन्त्रीसमेत रहिसकेका छन्।

मधेस प्रदेश सभा संसदीय दलको कार्यालयमा बसेको बैठकले सर्वसम्मत निर्णय गरेको जानकारी पूर्व अर्थमन्त्री तथा प्रदेश सभा सदस्य सन्जय कुमार यादव ले दिएका हुन्।

हाल मधेस प्रदेश सभामा जसपा नेपालका १८ र लोसपाका ८ गरी संयुक्त रूपमा २६ जना प्रदेश सभा सदस्य रहेका छन्।


सम्बन्धित समाचार