Logo

७ जेठ,काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधका बीच प्रतिनिधिसभा बाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले नाराबाजी तथा अवरोध जारी राखेका थिए। अवरोधकै बीच सभामुख डोलप्रसाद अर्याल ले बैठक सञ्चालन गर्दै विधेयक प्रक्रियालाई अघि बढाएका हुन्।

बैठकका क्रममा सभामुख अर्यालले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ अंगीकृत भएको घोषणा गरेका थिए। त्यसपछि डा. स्वर्णिम वाग्ले ले विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गरेका थिए।

सभामुखले निर्णयार्थ प्रस्तुत गरेपछि विधेयक बहुमतले पारित भएको घोषणा गरिएको थियो।


सम्बन्धित समाचार
भर्खरै