Logo

८ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले संसद्मा प्रधानमन्त्रीको अनिवार्य उपस्थितिको अडान राख्दै निरन्तर बैठक अवरुद्ध गरिरहेका बेला रास्वपा सभापति रवि लामिछानेले पार्टीका सांसदहरूसँग सामूहिक भेटघाट र सघन छलफलको शृङ्खला शुरु गरेका छन् ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार सांसदहरूबाट प्राप्त हुने स्थलगत सल्लाह, सुझाव र क्षेत्रीय आवश्यकताका आधारमा भावी रणनीति तय गर्न यो विशेष छलफलको तालिका निर्धारण गरिएको हो ।

यसै शृङ्खलाअन्तर्गत आज विशेष गरी कोशी र मधेश प्रदेशका सङ्घीय सांसदहरूसँग कार्यसूची नै बनाएर विमर्श गरिँदै छ । प्रवक्ता झाले दिएको जानकारी अनुसार कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बैठक तय गरिएको छ भने दिउँसो साढे १ बजेदेखि साढे ३ बजेसम्म मधेश प्रदेशका सांसदहरूसँग छलफल हुनेछ ।

संसद्को अवरोध हटाउने विषयमा पार्टीले खेल्नुपर्ने भूमिका, नयाँ सत्ता समीकरण र राष्ट्रिय राजनीतिमा विकसित घटनाक्रमबारे तिनै तहका सांसदको राय बुझ्ने नेतृत्वको तयारी छ । यसका साथै, बजेट निर्माणको अन्तिम चरण चलिरहेकाले कोशी र मधेश प्रदेशका सीमावर्ती क्षेत्रका समस्या, कृषि, पूर्वाधार र स्थानीय नागरिकका विशिष्ट आवश्यकतालाई आगामी बजेटमा कसरी समेट्न लगाउने भन्ने विषयमा समेत सांसदहरूले आ-आफ्नो क्षेत्रको रिपोर्टिङ सभापति लामिछानेसमक्ष पेस गर्ने बुझिएको छ ।


सम्बन्धित समाचार
भर्खरै