Logo

८ जेठ,काठमाडौं ।  प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले देश निर्माणका लागि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको गति समान हुनुपर्ने बताएका छन्।

पूर्वसांसद मञ्चले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख अर्यालले कानून निर्माणमार्फत देश विकास गर्न राज्यका तीनै अंगबीच समन्वय आवश्यक रहेको बताए।

उनका अनुसार नीति–नियम निर्माणका लागि सबै पक्षको नियत सफा हुनुपर्ने र साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने आवश्यकता छ।

सभामुख अर्यालले अग्रज पुस्ताको अनुभव, वर्तमान पुस्ताको सक्रियता र युवा पुस्ताको ऊर्जा मिलाएर अघि बढ्न सके देश विकास छिटो सम्भव हुने धारणा राखे।

उनले संघीय संसद्ले आगामी ५० वर्षको परिकल्पना गर्दै पुराना कानुनको संशोधन, खारेजी तथा आवश्यक नयाँ कानुन निर्माणमा विशेष ध्यान दिइरहेको उल्लेख गरे।

“जनताका लागि बनाइने कानून व्यवहारिक हुनुपर्छ,” उनले भने, “नागरिकलाई सुहाउँदो कानुन निर्माणका लागि सबै पक्षबीच सहकार्य आवश्यक छ।”

उनले व्यवहारमा नमिलेका कानुनहरू धेरै रहेको भन्दै ती कानुनहरूलाई समयसापेक्ष संशोधन गर्दै जानुपर्नेमा जोड दिए।


सम्बन्धित समाचार
भर्खरै