Logo

८ जेठ,काठमाडौं । राष्ट्रिय सभाबाट ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सर्वसम्मत रूपमा पारित भएको छ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। मन्त्री पौडेलद्वारा प्रस्तुत प्रस्तावलाई राष्ट्रिय सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो।

विधेयक पारित भएसँगै नेपालका मौलिक परम्परा, भाषा, कला, संस्कृति, लोकपरम्परा तथा अन्य अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि कानुनी आधार थप बलियो हुने अपेक्षा गरिएको छ।

राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ १३ गते बुधबार दिउँसो १:१५ बजे बस्ने तय गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै