Logo

८ जेठ,काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलले आम नागरिकसँग सुझाव माग गरेको छ। प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलले संविधान संशोधनसम्बन्धी राय संकलन गर्न सार्वजनिक सूचना जारी गरेको हो।

शुक्रबार जारी सूचनामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले लिखित सुझाव आह्वान गरिएको उल्लेख छ। कार्यदलले इच्छुक नागरिकलाई एक साताभित्र आफ्नो सुझाव पठाउन अनुरोध गरेको छ।

कार्यदलका अनुसार संविधान संशोधनसम्बन्धी सुझाव इमेल तथा ह्वाट्सएपमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ। सुझाव पठाउनका लागि [email protected][email protected] इमेल ठेगाना उपलब्ध गराइएको छ।

त्यस्तै, ह्वाट्सएपमार्फत सुझाव पठाउन ९८५६०२९९४७ नम्बर सार्वजनिक गरिएको छ।

कार्यदलले संविधान संशोधन प्रक्रियामा नागरिक सहभागिता बढाउने उद्देश्यले सुझाव संकलन अभियान सुरु गरिएको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै