Logo

८ जेठ,काठमाडौं ।  मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार भएको मतदानमा मुख्यमन्त्री यादवको पक्षमा ६२ मत परेको छ भने विपक्षमा ३६ मत परेको छ।

जनमत पार्टीले वैशाख २१ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। यसअघि जेठ १ गते नै विश्वासको मत लिने तयारी भए पनि सत्तारूढ नेपाली कांग्रेसभित्रको असन्तुष्टि र फ्लोर क्रसको सम्भावनाका कारण अन्तिम समयमा प्रक्रिया स्थगित गरिएको थियो।

अन्ततः पछिल्लो बैठकमा भएको मतदानमार्फत मुख्यमन्त्री यादवले बहुमत जुटाउँदै पदमा निरन्तरता पाएका छन्।


सम्बन्धित समाचार
भर्खरै