Logo

१० जेठ,काठमाडौं ।  विपक्षी दलहरूले प्रतिनिधिसभामा जारी विरोध कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेका छन्।

आइतबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले संसदमा सरकारको कार्यशैलीविरुद्ध संयुक्त रूपमा विरोध जारी राख्ने निष्कर्ष निकालेको हो।

बैठकमा कांग्रेसका प्रमुख सचेतक बास्ना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल तथा राप्रपाका प्रमुख सचेतक खुश्बु ओली सहभागी थिए।

बैठकपछि एमाले नेता ऐन महरले विपक्षीहरूको आवाज दबाएर संसद् सञ्चालन गर्न खोजिएको तथा सभामुखले दलीय भूमिका निर्वाह गरेको विषयमा गम्भीर छलफल भएको जानकारी दिए।

“संविधानको कार्यान्वयन, प्रतिनिधिसभा नियमावलीको पालना तथा लोकतन्त्रको रक्षाका लागि विपक्षी दलहरूबीचको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने साझा निष्कर्षमा पुगेका छौँ,” महरले भने।

प्रधानमन्त्री वालेन्द्र शाहले संसद्को उपेक्षा गरेको आरोप लगाउँदै विपक्षी दलहरूले केही समयदेखि सदनमा विरोध प्रदर्शन गर्दै आएका छन्।


सम्बन्धित समाचार