Logo

१७ वैशाख, वीरगञ्ज खोलामा डुबेर मृत्यु भएकी एकजना नाबालिकाको लाशलाई घरपरिवार र गाउँले प्रहरी कार्यालयबाट लिएर भागेका छन् ।

वीरगंज महानगर–३१ भेडाहा खोलामा डुबेर मृत्यु भएकी पर्सागढी नपा–४ मुसहरी टोला निवासी १२ वर्षीया विनीता माझीको शवलाई प्रहरी कार्यालयबाट गाउँलेहरूले लिएर भागेका हुन् । प्रहरीले भेडाहा खोलामा निर्माणाधीन तटबन्धमा साँझ ६ बजे डुबेर मृतावस्थामा माझीको शव बरामद भएको थियो ।

सो शवलाई प्रहरी कार्यालयमा राखेर शल्यपरीक्षणको लागि वीरगंज ल्याउने तयारी गर्दा मृतक माझीका परिवारजन र गाउँलेहरूले लिएर भागेका थिए । उनीहरूले शव घरमा राखेका थिए र शल्यपरीक्षण गर्न मानेका थिएनन् । पछि थप प्रहरी बल परिचालन गरेर शव नियन्त्रणमा लिएर शल्यपरीक्षणको लागि नारायणी अस्पताल पठाइएको थियो । प्रहरीले मृत्युको कारण पुष्टि नभइसकेको बताएको छ ।

भेडाहा खोलामा तटबन्ध बनाउँदा जेसिबीबाट माटो खन्दा ठाउँठाउँमा खाल्डो भएर त्यसमा पानी भरिएकोछ । कसैले नाबालिका सो स्थानमा नुहाउन गएको बेला डुबेर मृत्यु भएको बताएका छन् । भने केहीले खुट्टा चिप्लेर खसेको र मृत्यु भएको बताएका छन् । वास्तविकता थाहा नहुँदा र घरपरिवारले नै लास लिएर भाग्नुले घटनामा अझ बढी शंका उब्जिएको छ ।


सम्बन्धित समाचार