Logo

  1. १७ काठमाडौँ । कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्या गरेकाे अभियाेगमा पक्राउ परेका विनोद विकलाई प्रहरीले सार्वजनिक गरेकाे छ ।

 

प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले विकलाई झापाबाट पक्राउ गरेर ल्याएर काठमाडाैंमा सार्वजनिक गरेकाे हाे ।

 

करिब १३ वर्षदेखि भाँडा पसल सञ्चालन गर्ने निराको वैशाख ७ मा पसलमै हत्या भएको थियो ।

 

वैशाख ७ मा सामान किनेको पैसा बुझाउन जाँदा एकजना महिलाले काउन्टरमा ३५ वर्षीया निरा रगतपच्छे भएर ढलेको देखेपछि परिवारलाई खबर गरेकी थिइन् । उनको शरीरको २० ठाउँमा चक्कुले हानेर हत्या गरिएको थियो ।

 

हत्याबारे केन्द्रीय अनुसन्धान ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टिमले अनुसन्धान गरिरहेको गरेकाे थियाे ।

 

निराले चलाएको ‘निरु किचेन’ बाट करिब ३ सय मिटर पर उनका पति योगेन्द्र आचार्यले इलेक्ट्रिक सामाग्री पसल चलाएका छन् । योगेन्द्र र निराकी १० वर्षीया छोरी छिन् ।


सम्बन्धित समाचार