Logo

पुर्व-पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ-चन्द्रपुर सडक खण्डमा बस दुर्घटना भएको छ ।

पोखरा बाट जनकपुर तर्फ जादै गरेको ग१ख ९७१८ नं को यात्रुबाहक बस दुर्घटना भएको हो । बिहान करिब ३ बजेको समयमा यात्रुबाहाक बस आफै अनियन्त्रित भई सडक छेउमा पल्टन जाँदा बसमा सवार १९ जना घाईते भएका छन । घाईतेहरुको उपचार निजगढ नेशनल अस्पताल र सामुदायिक प्रसुति अस्पताल निजगढमा भईरहेको जिल्ला ट्राफिक कार्यलय बाराका प्रहरी निरिक्षक शुरेश कुमार ठाकुर जानकारी दिनुभयो ।

बसका चालक फरार रहेको र सहचालक भने नियन्त्रणमा रहेको ट्राफिक कार्यलय बाराका प्रहरी निरिक्षक शुरेश कुमार ठाकुरले बताउनु भयो । बसमा २८ जना सवार थिए ।


सम्बन्धित समाचार