Logo

१३ जेठ, काठमाडौँ । नेपालमा निरपेक्ष गरिबीको रेखा मुनि रहेको जनसङ्ख्यामा उल्लेख्य कमी आएको छ ।

सरकारले बुधबार सङ्घीय संसद्‌मा सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार देशमा निरपेक्ष गरिबीको दर घट्दै २० दशमलव २७ प्रतिशतमा झरेको हो । विगतका वर्षहरूको तुलनामा आर्थिक तथा सामाजिक क्षेत्रमा भएका क्रमिक सुधारका कारण गरिबी निवारणमा सकारात्मक प्रभाव देखिएको सर्वेक्षणले औंल्याएको छ । यसैगरी, विभिन्न सूचकहरूका आधारमा मापन गरिने बहुआयामिक गरिबीको दरमा पनि कमि आई हाल यो १७।४ प्रतिशतमा सीमित हुन पुगेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक सर्वेक्षणले मुलुकको स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि उत्साहजनक प्रगति भएको देखाएको छ। स्वास्थ्य सेवाको पहुँचमा भएको विस्तार र गुणस्तरमा सुधार आएसँगै नेपाली नागरिकहरूको औसत आयु बढेर ७१ दशमलव ३ वर्ष पुगेको छ ।

यसैगरी, शिक्षा क्षेत्रतर्फ १५ देखि २४ वर्ष उमेर समूहका युवाहरूको साक्षरता दर ९४।२ प्रतिशत पुगेको छ भने माध्यमिक तह (कक्षा ९–१२) को खुद भर्ना दर ५१ दशमलव ६ प्रतिशत कायम भएको सर्वेक्षणले देखाएको छ । यी सूचकहरूले मुलुक मानव विकास सूचकाङ्कतर्फ सकारात्मक दिशामा अघि बढेको सङ्केत गरेका छन् ।


सम्बन्धित समाचार