Logo

१५ जेठ, काठमाडौं । स्वास्थ्य क्षेत्रमा खटिने कर्मचारीहरूको मनोबल उच्च राख्न सरकारले उनीहरूको सेवा सुविधामा विशेष वृद्धि गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नर्सिङ कर्मचारीहरूको रात्रि ड्यूटी भत्तालाई दोब्बर बनाउने घोषणा गरेका छन् । स्वास्थ्य संस्थामा अहोरात्र खटिने नर्सहरूको परिश्रमको कदर गर्दै सरकारले यस्तो राहतपूर्ण निर्णय लिएको हो ।

त्यसैगरी, समुदायस्तरमा स्वास्थ्य सेवा पुर्‍याउने आधारस्तम्भका रूपमा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरूको सुविधामा पनि सरकारले ध्यान दिएको छ। अर्थमन्त्री वाग्लेले महिला स्वास्थ्य स्वयंसेविकाहरूले पाउँदै आएको यातायात खर्चमा ५० प्रतिशतले वृद्धि गरिएको जानकारी दिएका छन् ।

नर्सिङ कर्मचारी र स्वयंसेविकाहरूका लागि गरिएको यो सुविधा वृद्धिले दुर्गम तथा सहरी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको कार्यसम्पादनमा थप ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार