Logo

१८ वैशाख, वीरञ्गज । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा वीरगञ्जमा आरोग्यः वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

राउण्ड टेबल नेपालको प्रायोजन र ईम्प्रुभिङ्ग वीरगञ्जसँगको सहकार्यमा सानो पाइलाले माईस्थान पार्कमा स्वास्थ्य शिविर आयोजना गरेको हो । बिहान ७ः३० बजेदेखि १०ः३० बजेसम्म सञ्चालन गरिएको शिविरबाट १ सय ८१ जनाले लाभ लिएको सानो पाईलाका विवेक कर्णले जानकारी दिए । शिविरमा पेट तथा लिभर रोग विशेषज्ञ डा। राकेश कुमार झा, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा।

अस्मिता उपाध्याय द्विवेदी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा। रन्जन कुमार झा, फिजिसियन डा। सरोज रोशन दास, दन्त रोग विशेषज्ञ डा। राजेश स्वर्णकार र मेडिकल अफिसर डा। भुनेश कुमार बादल लगायत विशेषज्ञ चिकित्सकको टोलीले उपचार सेवा तथा परामर्श दिएका थिए । ‘समुदायको ठूलो हिस्सा स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर छ ।

सेवा सहज उपलब्ध नहुँदा कतिपयले आफ्नो स्वास्थ्यप्रति पर्याप्त चासो दिन सकेका छ्रनन् । आर्थिक अवस्था कमजोर हुँदा आफ्नो स्वास्थ्यको ख्याल राख्न सकेका छैनन् । त्यसलाई मध्यनजर गर्दै आरोग्यः वृहत स्वास्थ्य शिविर आयोजना गरेका हौं ।’ सानो पाईलाले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ । पेट तथा लिभर रोग विशेषज्ञ डा। राकेश कुमार झाका अनुसार शिविरमा सबभन्दा बढी नसर्ने रोगका बिरामीहरु आएका थिए । उनीहरुलाई चिकित्सकीय परामर्शसँगै औषधी समेत प्रदान गरिएको उनले बताए । शिविरमा नेशनल हेल्थकेयरले बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराएको थियो । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका विद्याथीले प्राविधिक सहयोग गरेका थिए ।


सम्बन्धित समाचार