Logo

१९ वैशाख, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय र स्वास्थ्य चौकीमा जाने बाटो नभएको कारण सेवाग्राहीलाई सेवा लिन जान सास्ती भएको छ ।

वडा नम्बर ३ पद्यमवलमा रहेको वडा कार्यालय र स्वास्थ्य चौकीमा जाने बाटो नहुँदा वर्षातको समयमा झन समस्या हुने गरेको स्थानीय विजय यादवले बताउनुभयो । वडा कार्यालय र स्वास्थ्य चौकी जाने सार्वजनिक बाटो नहुँदा निजी जग्गाबाट जानुपर्ने हुन्छ । निजी जग्गामा पनि वर्षातको समयमा कम्मरसम्म पानी जम्ने गर्दा स्वाथ्य चौकीमा कतिपय सामान्य विरामीहरु पनि उपचार गराउन लैजान समस्या हुने गरेको यादवले बताउनुभयो ।

सुख्खा मौसममा सेवाग्राहीहरु अरुको निजी जग्गाको प्रयोग गरेर त्यहाँ सम्म पुग्ने गरेका छन् । स्थावस्थ चौकीसम्म जाने बाटो नरहेको वडा अध्यक्ष दिनेश यादवले पनि स्वीकार गर्नुभएको छ । वडामा अरु विकास गर्न भएपनि त्यहाँ बाटोका लागि जग्गाको अभाव रहेको बताउदै आफुले बाटो निकाल्ने प्रयास गर्दा पनि हुन नसकेको उहाँले बताउनुभयो ।

त्यहाँ सडक सञ्जाल बनाउन सार्वजनिक जग्गा नहुँदा बाटो निर्माण गर्न नसकिएको वडा अध्यक्ष यादवले बताउनुभयो । नगरपालिकाको कार्यपालिका बैठकमा यसबारे आफूले पटक पटक जानकारी गराएपनि त्यसको सुनुवाई अहिले सम्म नभएको उहाँले गुनासो गर्नुभयो ।

२०७४ सालको चुनाव जितेदेखि नै आफु त्यहाँको स्थास्थ्य चौकी अन्यत्र सार्नुपर्ने र वडा कार्यालयको स्थापना लगायतको योजना अघि सारेपनि त्यसको लागी कार्यपालिकाबाट कुनै निर्णय नभएपछि वडा कार्यालय र स्वास्थ्य चौकीसम्म जाने बाटो निर्माण गर्न नसकिएको अध्यक्ष यादवले स्वीकार गर्नुभयो ।

निजी जग्गा भएकाहरुसँग बाटोको लागि जग्गा दिन आग्रह गरिएपनि जग्गाधनीहरुले नमान्दा बाटो निकाल्न नसकिएको उहाँले बताउनुभयो । ‘हाम्रो अभियानको सहकार्यमा सामुदायीक रेडियो नारायणी एफ.एम.बाट प्रसारण हुने जनताको सवाल जनप्रतिनिधीको जवाफ भन्ने कार्यक्रममा उहाँले वडावासीहरुको हरेक दुखसुख बुझेर आफुले काम गर्दै आए पनि स्वास्थ्य चौकी पुग्ने बाटो र वडा कार्यालयको भवन निर्माणको लागी कार्यपालिकामा गुहार बाहेक अरु केही गर्न नसकेको बताउनुभयो ।

अहिले निर्वाचित मेयर सिंहासन कलवारसँग व्यक्तिगत कुराकानी भएको र उहाँले कार्यपालिकामा पनि यस बारेमा गम्भिर रुपमा कुरा उठाउने बताउदै आगामी आर्थिक वर्ष ०८०÷८१ मा स्थास्थ्य चौकी र वडा कार्यालयको भवन अन्यत्र बनाउने बताउनुभयो ।

 


सम्बन्धित समाचार