Logo

२२ जेठ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य छनोट प्रक्रिया तत्काल अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले पर्यटन मन्त्रालय र निगमद्वारा गठित छनोट समितिलाई हालका लागि सबै कामकाज रोक्न निर्देश गरेको हो । प्रतिस्पर्धामा सामेल भई योग्य सूचीमा रहेर पनि अन्यायपूर्वक छनोट प्रक्रियाबाट वञ्चित गरिएको भन्दै उपेन्द्रबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो ।

सरकारले खुला प्रतिस्पर्धाका माध्यमबाट निगमको अध्यक्ष र सञ्चालक समिति सदस्यहरू नियुक्त गर्ने तयारी गरिरहेको अवस्थामा सर्वोच्चको यस आदेशले छनोट प्रक्रियालाई तत्कालका लागि स्थगन गरिदिएको छ ।


सम्बन्धित समाचार