Logo

३ असार, काठमाडौं । राहदानी छपाइमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानको दायरा फराकिलो बनाउँदै थप दुई जनालाई नियन्त्रणमा लिएको छ ।

आयोगले जर्मनीको मुहलबाउर कम्पनीका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई पक्राउ गरेको हो । स्रोतका अनुसार पक्राउ परेका दुवै जनामाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट तीन दिनको म्याद थप भइसकेको छ । यसअघि नै सोही प्रकरणमा राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई आयोगले पक्राउ गरी थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

चार जना उच्च अधिकारी र प्रतिनिधिहरू पक्राउ परेसँगै राहदानी छपाइमा भएको भनिएको यो घोटाला प्रकरण थप पेचिलो बन्दै गएको छ । अख्तियारले यस अनियमिततामा संलग्न अन्य पात्रहरूको पहिचान र प्रमाण संकलनको कामलाई तीव्रता दिएको जनाएको छ ।


सम्बन्धित समाचार