Logo

४ जेठ, काठमाडौं । मधेश प्रदेशमा पछिल्लो पाँच वर्षको अवधिमा सडक दुर्घटनाको अवस्था भयावह देखिएको छ ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म कुल २१ हजार ९८९ वटा सडक दुर्घटना भएका छन्, जसमा ४२ हजार ६३७ सवारी साधन संलग्न रहेका छन् । यी दुर्घटनाहरूमा परी २ हजार ७४८ जनाले ज्यान गुमाएका छन् भने १० हजार ८६६ जना गम्भीर र ३६ हजार ४४२ जना सामान्य घाइते भएका छन् ।

जिल्लागत विवरण हेर्दा सबैभन्दा बढी दुर्घटना धनुषा जिल्लामा (४ हजार ८६८) भएका छन् भने सबैभन्दा कम पर्सा जिल्लामा (२ हजार ३५) देखिएको छ।

बारा, सर्लाही, सप्तरी, सिरहा, रौतहट र महोत्तरीमा पनि दुर्घटनाको संख्या र मानवीय क्षति उच्च रहेको छ । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओम अधिकारीका अनुसार प्रदेशको ठूलो जनसङ्ख्या, सवारी चाप र सडकको अवस्था दुर्घटनाको मुख्य कारण हुन् ।

उनले ट्राफिक व्यवस्थापनमा सुधार गर्न, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न र नीति निर्माण तहमा ट्राफिक प्रहरीको आवाज तथा बजेटको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका छन् ।


सम्बन्धित समाचार
भर्खरै