Logo

८ असार, काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिहरूको सहभागिता उल्लेख्य रूपमा बढेको छ ।

हाधिवेशनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै पार्टीका नेता एवं सांसद मनिष झाले सुरुमा ३ हजार प्रतिनिधि सहभागी हुने आकलन गरिए पनि हाल यो सङ्ख्या बढेर ४ हजार ३ सय नाघिसकेको बताएका छन् । प्रतिनिधिहरूको आगमन र दर्ता क्रम अझै जारी रहेकाले अन्तिम सङ्ख्या ४ हजार ५ सयसम्म पुग्न सक्ने अनुमान पार्टीले गरेको छ ।

यस पटकको महाधिवेशनमा विशेष गरी प्रवास (विदेश) मा रहेका नेपाली संगठनहरूबाट प्रतिनिधिहरूको उत्साहजनक सहभागिता देखिएको छ । नेता झाका अनुसार प्रवास क्षेत्रबाट अपेक्षित सङ्ख्याभन्दा झन्डै चार गुणा बढी प्रतिनिधिहरू महाधिवेशनमा भाग लिन चितवन आइपुगेका छन् ।

प्रतिनिधिहरूको सङ्ख्यामा भएको यस वृद्धिले बन्द सत्रको प्राविधिक व्यवस्थापनमा केही ढिलाइ गराए पनि यसलाई पार्टीप्रतिको बढ्दो आकर्षण र उत्साहका रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार