Logo

९ असार, काठमाडौं । रोजगारी र जीविकोपार्जनका लागि सडक पेटीमा सानोतिनो व्यवसाय सञ्चालन गर्दै आएका दृष्टिविहीनहरूले सरकारी धरपकडविरुद्ध काठमाडौँको माइतीघरमा धर्ना दिएका छन् ।

राज्यका निकायहरूले आफूहरूलाई जबरजस्ती हटाउने र व्यापार गर्नबाट रोक्ने काम गरेको भन्दै पीडित दृष्टिविहीनहरू सडकमा उत्रिएका हुन् । आन्दोलित दृष्टिविहीन व्यवसायीहरूले आफूहरू रहरले सडकमा नभई विवशताका कारण सडकलाई नै कार्यक्षेत्र बनाउन बाध्य भएको बताएका छन् । उनीहरूले राज्यले आफूहरूको समस्यालाई बेवास्ता गर्दै विकल्पविना नै उठिबास लगाउन खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

घाम, पानी र धुलोधुवाँ सहेर भए पनि श्रम गरेर खान खोज्ने आफूहरूलाई राज्यले सहयोग गर्नुको साटो झन् सास्ती दिएको उनीहरूको गुनासो छ। धर्नामार्फत उनीहरूले आफूहरूका लागि सम्मानजनक विकल्पको माग गरेका छन् ।


सम्बन्धित समाचार
भर्खरै