Logo

१२ असार,काठमाडौं । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सुकुम्बासीका लागि सञ्चालनमा रहेका होल्डिङ सेन्टर खाली गर्ने समयसीमा सात दिन थप गरेको छ।

समितिले शुक्रबार सूचना जारी गर्दै स्वः व्यवस्थापन खर्च (घर भाडा) प्राप्त गर्न इच्छुक लाभग्राहीलाई असार १५ गतेभित्र निवेदन पेश गर्न र असार १९ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न आग्रह गरेको हो।

सरकारको निर्णयअनुसार पुनःस्थापनाका लागि प्रदान गरिने स्वः व्यवस्थापन खर्च (घर भाडा) प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नाममा रहेको बैंक खाताको विवरणसहित तोकिएको ढाँचामा निवेदन पेश गर्नुपर्ने समितिले जनाएको छ।

यसअघि समितिले असार १२ गतेभित्र होल्डिङ सेन्टरमा बसोबास गरिरहेकाहरूलाई स्वः व्यवस्थापन गर्न सूचना जारी गरेको थियो। तर, घर भाडा प्राप्त गर्न दिइएको समय छोटो भएको भन्दै प्रभावितहरूले गुनासो गरेपछि समितिले समयसीमा थप गर्ने निर्णय गरेको हो।

समितिले तोकिएको नयाँ समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गरी होल्डिङ सेन्टर खाली गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ।


सम्बन्धित समाचार