Logo

२३ वैशाख, वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स तथा दोस्रो खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबिच खेल हुनेछ ।

चेन्नई र मुम्बईको खेल दिउँसो पौने ४ बजे चेन्नईमा हुनेछ । चेन्नई १० खेलमा ११ अंककासाथ तालिकाको तेस्रो स्थानमा र मुम्बई ९ खेलमा १० अंकका साथ छैटौँ स्थानमा छ ।

त्यस्तै दिल्ली र बैंग्लोरबिचको खेल बेलुका पौने ८ बजे दिल्लीमा हुनेछ । ९ खेलमा १० अंक रहेको बैंग्लोर तालिकाको पाँचौ स्थानमा र समान खेलमा ६ अंक रहेको दिल्ली पुछारमा छ ।


सम्बन्धित समाचार